पोखरा । मुस्ताङको जोमसोम जाँदै गरेका एक जर्मन नागरिकको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।
पोखरादेखि मोटरसाइकलमा जोमसोम जाँदै गरेका जर्मन नागरिक म्याट्रेड विको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भीरबाट मोटरसाइकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको प्रहरीले जनाएको हो।
सडकदेखि करिब ६० मिटर तल भीरमा अल्झेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो ।
चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाइकल राइडर बिहीबार पोखराबाट बेनी हुँदै मुक्तिनाथ यात्रामा गएका म्याग्दीका प्रहरीकफ भनाए छ।
जर्मन नागरिकको मृत्यु भएपछि सनाखत गर्न राइडर शुक्रबार बेनी अस्पताल पुगेका थिए।