काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिहारपछि थप १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरिने जानकारी दिएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले तिहारपछि ठूला–साना गरि थप १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरिने जानकारी दिएका हुन ।
उनले अहिले साना ३ वटा जहाज खरिदका लागि टेन्डर भइसकेको भन्दै बायुसेवा निगमसंग भएको ३ वटा र नयाँ ३ जहाजले २२ वटा आन्तरिक बिमानस्थलमा उडान भर्ने बताए । भूकम्प लगाएतका अन्य घटनाले नेपालमा थप राष्ट्रिय जहाजहरुको आवश्यकता पुष्टि भएको उनले बताए ।
मन्त्री किरातीले पर्यटन भित्र्याउन जहाजको आवश्यकता रहेकाले नीति योजना र इच्छाशक्ति भए जहाज ल्याउने अनेक उपायहरु रहेको जिकिर गरेका छन् । उनले पर्यटकहरुलाई आवश्यकता अनुसार होटल सञ्चालनमा निजी व्यवसायहरुलाई राज्यले सहयोग गर्ने बताएका छन् ।