काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामाथि आज सुनुवाइ हुने भएको छ। सो मुद्दाको पेशी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ।
यसअघि मुद्दाको पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। न्यायाधीशको अभावमा मुद्दाको सुनुवाइ हुन नसकेको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।
लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ। यस अगाडि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दामा गौशाला-२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको थियो। लामिछानेको मुद्दामा पटक पटक पेसी तोकिँदै आए पनि फैसला नभई सर्दै आएको छ।




















