काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म गर्ने भनिएको संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमण स्थगित भएको छ ।
यूएईको दुबईमा आयोजना हुने १८औँ दुबई एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम थियो ।
उनको भ्रमणलाई कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृतिसमेत दिइसकेको थियो । तर यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गई ठूलो मात्रामा जनधन क्षति भएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमण स्थगन गरेको रक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगन गरेका थिए ।





















