
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागीता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा दुई देश बीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको छ ।
पाँच दिने भ्रमणमा बुधबार काठमाडौं आएका उनले शीर्ष नेताहरूसँग शिष्टाचार भेट गरिरहेका छन् । शुक्रबार पोखरा जाने उनी शनिबार आयोजना हुने नेपाल–चीन कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुनेछन् ।
आइतबार भूकम्पबाट क्षति भई चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेका भक्कतपुरका आयोजनाहरूको अवलोकन गरेर उनी सोही दिन श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने बताइएको छ ।




















