काठमाडौँ । आज मिति २०८० कात्तिक २१ गते मंगलबार, ई.सं. ७ नोभेम्बर, २०२३ । तिथि- कात्तिक कृष्णपक्ष दशमी, नक्षत्र- मघा, योग- ब्रह्म, करण- वणिज, चन्द्रराशि- सिंह, सूर्योदय ६ः१९, सूर्यास्तः १७ः१४ ।
मेष : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।
वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मिथुन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
सिंह : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।
तुला : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।
वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
धनु : एक्लोपन र निराशाले सताउनेछ ।
मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कुम्भ : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।
मीन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।




















