काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार भूकम्पपछि मुलुकको परिस्थिती अनुकुल नरहेकोले भ्रमण स्थगित गरिएको हो ।
राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते त्यसतर्फ जाने कार्यक्रम थियो । त्यसपछि उहाँले संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्ने र मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने तय थियो । सरकारले राष्ट्रपतिको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको थियो ।




















