काठमाडौं । अभिनेता पल शाहले जाजरकोट भुकम्प पीडितलाइ सहयोगको घोषणा गरेका छन् ।
गए राती जाजरकोटमा गएको भुकम्पमा परी जनधनको क्षति भोगेका परिवारजनलाई उनले ५० हजार सहयोगको घोषणाा गरेका हुन ।
‘जाजरकोटमा गएको भुकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार (५०,०००) हाम्रो टिम नेपालको मार्फत सहयोग गरेको छु,’ उनले आफनो घोषणमा भनेका छन, ‘हाम्रो टिम राहत र स्वास्थ्य टोलिसहित जाजरकोट जाँदैछ।’
धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धि निकायलाई अनुरोध गरेका अभिनेता शाहले यस दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।