पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको मृत्यु भएको छ ।
मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने हिमालयन भन्ने ठाउँमा ढुंगानाको लेक लागेर निधन भएको कास्की प्रहरीले जनाएको छ ।
महासचिव गुटेरेस फर्किए पछि प्रहरी सहायक निरीक्षकसहितको टोली अन्नपूर्ण बेसक्याम्पबाट फर्किएको थियो ।
माछापुच्छ्रे गाउँपालिका–११ का वडाध्यक्षको घरमा बास बसेका ढुंगानालाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकोप्टरमार्फत् पोखरा ल्याइएको थियो । बिहान ९ः४० मा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
पर्वतका ढुंगाना हेलिकोप्टरबाट कात्तिक ११ गते आधार शिविर पुगेका थिए । उनी घान्द्रुक चौकीका इन्चार्ज थिए ।