काठमाडौं । आफूलाई अभियान्ता बताउने तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ ।
ललितपुर महालक्ष्मी नगरपालिकाका बलराम बोगटीले आफूविरुद्ध अनर्गल प्रचार गरेर बेइज्जती गरेको भन्दै बरालविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
टिका योगी वारेसमार्फत सीएन १५५९ दर्ता गराएको गाली बेइज्जती रिट निवेदनमा बोगटीले उल्लेख गरेका छन्, ‘विपक्षीलाई अरुको मान सम्मान र प्रतिष्ठामा आँच आउने गरी बोल्न लेख्न हुँदैन, गाली गर्नु हुँदैन र झूठा आरोप लगाउनु हुँदैन भन्ने थाहा छ तर, म एक महिला अभियान्ताको भएको मलाई कसैले केही कारवाही गर्न सक्दैन, म प्रहरी प्रशासनसँग डराउन्न भनी म जस्तो प्रतिष्ठित महिला उपर नभएको नगरेको एकदमै झुठा लान्छनाको शब्दहरु आफ्नो फेसबुक आइडीमार्फत प्रकाशन गरी मेरो सामाजिक राजनितिक प्रतिष्ठामा आँच आउने भाष स्टाटसमा राख्नु भएको छ, जसबाट मेरो इज्जतमा प्रत्यक्ष असर परेको दृ सोही ब्यहोरा लेखी फोनबाट एस.एम.एस. समेत गर्नु भएको छ । विपक्षी गरेको कार्यको प्रमाण तपसिलमा पेश गरेको छु । मेरा तपसिलका साक्षी प्रमसमेतले पुष्टि गर्नु हुनेछ । विपक्षीले गाली बेइज्जती कसूरको सजाय भागी कार्य गर्नुभएको छ ।’
उक्त रिटको आउँदो ८ मंसिरमा तारिख तोकिएको छ ।




















