काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले हिंसालाई बढवा दिँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन कठिनाइ भएको बताएका छन्।
नेपाल भ्रमणका रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्री दाहालले अग्रसर लिनुको सट्टा हिंसालाई बढवा दिँदा कठिनाइ भएको बताए।
ओलीले प्रधानमन्त्री दाहालकै कारण शान्ति प्रक्रिया टुंग्याउन कठिनाइ भइरहेको महासचिव गुटेरेसलाई जानकारी दिएका थिए ।
भ्रमणका क्रममा गुटेरेस सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम छ भने कात्तिक १४ गते मंगलबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते फर्कने छन् ।




















