काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले १ हजार ३५५ सवारीका चालकलाई कारबाही गरेको हो।
जसमा ओभर स्पिड चलाउने ३५६, मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०४, लेनको पालना नगर्ने २८, रेड लाइटमा सवारी चलाउने २६, जथाभाबी हर्न बजाउने १३, नम्बर प्लेट प्रष्ट नभएका ४ र अन्य ८२४ रहेका छन्।




















