हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ स्थित मकैघारीमा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
आज बिहान करिब ३:३५ बजे कुलेखानी मातातीर्थ सडकखण्डमा वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र ०३-००१ ज ०२८३ नम्बरको सुमो आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइतेलाई अहिले उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




















