जोमसोम । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जलवायु परिवर्तन राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौति रहेको बताएका छन् ।
बुधबार जलवायु परिवर्तन र उच्च तापमान वृद्धिका कारण देखिएका चुनौतीहरूबारे सरकार र जनताबीच संवाद गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित कार्यक्रममा उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौती रहेको बताएका हुन्।
उनले सयुक्त राष्ट्रसंघको महासभा र इटालीमा पनि आफूले गम्भीरताका साथ जलवायु परिवर्तनको विषय उठान गरेको बताए । उनले हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनबारे विश्वले ध्यान नदिने हो भने ठूलो संकटको सामना गर्नुपर्ने धारणा राखेको जानकारी गराए।
उनले नेपालमा जोखिम न्यूनीकरणका निम्ति कोष स्थापना गर्न लागिएको बताए। मुस्ताङमा मात्र नभई जलवायू परिवर्तनको असर अन्य जिल्लामा पनि देखिन थालेको बताए। उनले भने, ‘हाम्रो ध्यान मुस्ताङलगायत जलवायु परिवर्तनको असर कम पार्ने तर्फ गएको छ।’




















