गाजा । गाजास्थित अल अहली अस्पतालमा इजरायलले गरेको आक्रामणको विश्वभरीवाट निन्दा भएको छ ।
गए राती सो आक्रामणमा परी सो अस्पतालमा उपचाररत तथा आश्रय लिएका मध्ये ५०० भन्दा बढीको एकैपटक हत्या भए पछि विश्वभरीका मानवअधिकारवादी संस्थाहरुले निन्दा र भत्सर्ना गरेका छन् ।
सोही क्रममा ह्युमन राइट्स वाचले अल अहली अस्पतालमा भएको आक्रमणलाई ‘शब्दहरू भन्दा बाहिरको भयानक’ भएको प्रतिक्रिया दिएको छ ।
र, उसले गाजामा थप ‘ठूलो मात्रामा अत्याचार’ रोक्न विश्व नेताहरूलाई आह्वानसमेत गरेको छ।
‘अस्पतालहरूमा विशेष सुरक्षा हुन्छ। जानाजानी वा लापरवाहीपूर्वक गरिएका गैरकानूनी आक्रमणहरू युद्ध अपराध हुन्,’ अधिकार समूहले सामाजिक सञ्जालमा लेख्यो।

























