काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियरूपमै ख्याति कमाएको नेपाल प्रहरीको प्रशंसा गरेका छन् । ६८औं प्रहरी दिवसका अवसरमा सम्बोधन गर्दै उनले अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीले विश्वमै ख्याति कमाएको बताए ।
नेपाली जनताले पनि सुरक्षा प्रत्याभूतिका निम्ति सम्झिने नाम नेपाल प्रहरी रहेको उनको भनाइ छ ।
उनले अपराधका नयाँ आयाम देखिरहेको भन्दै त्यसको चुनौती सामना गर्न प्रहरी तयार रहेको बताए। उनले नेपाल प्रहरीको वृत्तिविकास लागि नेपाल सरकार भूमिका निर्वाह गरिरहेको बताए । प्रधानमन्त्री दाहालले नेपाली प्रहरीको छबिमाथि कुनै किसिमको दाग लाग्न नदिन निर्देशनसमेत दिए ।




















