काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेका नयाँ पार्टीहरू पनि एक वर्ष पुरानो भइसकेको बताएका छन् ।
उनले फेरि नयाँ पार्टी खोल्नुपर्यो भन्दै व्यंग्य गरे । उनले पार्टी नयाँ र पुरानो नहुने भन्दै पार्टीको उद्देश्य र गन्तव्य हुने गरेको बताए ।
उनले अहिले बुढो पार्टी भनेको नेपाली कांग्रेस रहेको बताए । जसको नीति र विधि केही नभएको ओलीले आरोप लगाए।
उनले कांग्रेसले बजारमा खोजेर उम्मेदवार उठाउने गरेको बताए । त्यस्ता उम्मेदवारलाई पनि भोट दिने जनतालाई एमालेले सम्झाउन जरुरी रहेको उनको भनाइ छ । उनले विष छर्ने पार्टीहरू पनि भएकाले त्यस्ताबाट एमाले सचेत हुनुपर्ने बताए ।




















