तेल अहिब । इजरायलले हमासको आक्रमणको जवाफमा जमिन आक्रमण गर्ने वाचा गरेको छ । तर, देशको सेना पनि दुई अन्य मोर्चा लेबनान र सिरियाबाट हुन सक्ने आक्रमणबाट पनि उत्तिकै भयभित रहेको छ । आउनुहोस, इजरायलले हाल कस्ता खतराहरू सामना गरिरहेको छ ? जानौं ।
गत हप्ता एक्कासी र अप्रत्याशित रुपमा भएको आतंकवादी हमलापछि झण्डै १२०० इजरायली मारिएका छन् । यसको जवाफमा इजरायलले गाजामा भारी गोलाबारी गरेको थियो। इजरायलमा आक्रमणहरू २००७ देखि गाजा पट्टीमा शासन गर्दै आएको हमासद्वारा गरिएको थियो ।
हमासले इजरायल राज्यलाई मान्यता दिन अस्वीकार गरेको छ र यससँग धेरै चरणको द्वन्द्वमा संलग्न छ । यी द्वन्द्वहरूमा हमासले गाजाबाट इजरायलमा रकेट आक्रमण गरेको थियो भने त्यसपछि इजरायलल जवाफमा हवाई आक्रमण र गाजामा बमबारी गरेको थियो ।
हिजबुल्लाह
हिजबुल्लाह र इजरायल बीच २००६ द्वन्द्व पछि लेबनानी– इजरायली सीमामा हिंसा सबैभन्दा गम्भीर वृद्धि हो ।
इरानको रिभोलुसनरी गार्ड्सद्वारा इरानको इस्लामिक क्रान्ति गर्न र लेबनानमा आक्रमण गर्ने इजरायली सेनासँग लड्न हिजबुल्लाहको स्थापना सन् १९८२ मा भएको थियो ।
यो समूहले दावी गरेको छ कि ‘इजरायलले हाम्रो हतियार भण्डारको आकारको कल्पना पनि गर्न सक्दैन् ।’
सिरिया
इजरायली सेना सिरियाबाट तोपखाना आक्रमणको जवाफ दिन व्यस्त छ, जसले युद्धमा अर्को मोर्चा खोल्ने सम्भावना बढेको छ ।
इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘सिरियातर्फ सेनाले तोप र मोर्टार गोली प्रहार गरी जवाफ दिइरहेको छ ।’ सेनाले यो पनि भनेको छ कि, ‘सिरियाबाट इजरायली क्षेत्रमा धेरै प्रक्षेपण गरिएको थियो ।’
हमास समूह क्षेत्रीय गठबन्धनको हिस्सा हो जसमा इरान, सिरिया र लेबनानमा शिया इस्लामवादी समूह हिजबुल्लाह समावेश छ, जसले मध्य पूर्व र इजरायलमा अमेरिकी नीतिको व्यापक रूपमा विरोध गर्दछ ।
लेबनान
हमासले इजरायलमा आक्रमण गरेको केही दिनपछि, लेबनानको हिजबुल्लाहले प्यालेस्टिनी जनतासँग ‘एकता’ व्यक्त गर्न इजरायली ट्याङ्कमा मिसाइल प्रहार गरेको थियो । इजरायलले इरान– समर्थित समूहसँग सम्बन्धित एक पर्यवेक्षण पोस्टमा आक्रमण गरेर जवाफ दियो ।

























