विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । ३० दिनभित्र विश्वासको मत पाउनुअघि नै उनले राजनीतिक निकासका निम्ति राजीनामा दिने घोषणा गरेका हुन्।
उनले जनताको माग मध्यावधि नभएको भन्दै राजनीतिक निकासका लागि सबै दललाई आह्वान गरे ।
उनले सबै दललाई राजनीतिक निकासतर्फ नसोच्ने हो भने मध्यावधिलाई नकार्न नसकिनेसमेत बताए।
उनले एमाले सहमति सहकार्यका लागि हरदम तयार रहेको बताए।
उनले कोसी प्रदेशमा संवैधानिक व्यवस्था मिच्ने काम भएको पनि स्मरण गरे।




















