काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको हो ।
संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिँदै रिहा गरेको थियो।
माफी पाएर छुटेको थाहा पाएपछि मृतक चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट हालेकी थिइन्। भारतीले न्याय माग्दै बुधबार दिउँसो माइतीघर मण्डलाबाट अनशन समेत सुरू गरेकी छन् ।




















