काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको बताउँदै सरकारलाई सहयोगका साथै दवाव पनि दिनुपर्ने बताएका छन् ।
जनकपुरधाममा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले सत्ता गठबन्धनको तर्फबाट सरकारलाई सहयोगी भूमिका खेल्न तयार रहेको नेता नेपालले बताएका छन् ।
प्रधानमन्त्री बन्न मुख मिठ्याएर बस्ने होइन, यही सरकारलाई अगाडि बढाउनु पर्ने अध्यक्ष नेपालले बताएका छन् ।
एकीकृत समाजवादी मात्र नभइ नेपाली कांग्रेस पनि यही सरकारलाई अघि बढाउने पक्षमा रहेको उनले बताएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु पनि यही सरकारलाई अघि बढाउने पक्षमा रहेको बताउँदै अध्यक्ष नेपालले गठवन्धनमा रहेका दलहरु कसैले पनि यो सरकारलाई कमजोर बनाउन नचाहेको बताएका छन् ।