बझाङ । बझाङमा फेरि भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । ।
सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङको दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभुत विद्यालयको भवन भत्केको खबर छ । मानविय क्षतिको भएको जानकारीमा आएको छैन ।
क्षतिको थप विवरण भने आउन बाँकी छ ।