काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । बागमती प्रदेशका पूर्व अर्थमन्त्रीसमेत रहेका रामेछापका ढुंगेल भारी मतान्तरले निर्वाचित भएका हुन्।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार ढुंगेलले ६९६ मत प्राप्त गर्दा उनका निकटम् प्रतिस्पर्धी कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा दावादोर्जे लामा निर्वाचित भएका छन्। लामाले ६१५ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी ईश्वरचन्द्र पोखरेलले २२१ मत मात्र प्राप्त गरे।
सचिवमा १ मतले नवराज सिलवाल निर्वाचित भएका छन्। सिलवालले ५६८ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी हस्तबहादुर पण्डितले ५६७ मत प्राप्त गरे।
यसैगरी उपसचिवद्वयमा प्रेम कुमार महर्जन र भक्तकुमारी लामा विजयी भएका हुन्। खुल्लामा महर्जनले ३६७ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी टासी लामाले २३२ मत प्राप्त गरे। महिलामा लामाले ५९९ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी रिता गौतम ढकालले ५३६ मत प्राप्त गरिन्।