काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ। पार्टी कार्यालय च्यासलमा मतदान सुरू भएको हो । बिहान ८ बजे हुने भनिएको मतदान करिब ६ घण्टा ढिलो गरी सुरू भएको हो।
अध्यक्षका लागि दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ।
कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष पदका अन्य उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि उनीहरूबीच प्रतिष्पर्धा हुन लागेको हो।
अधिवेशनमा केशवप्रसाद पाण्डे,सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी दर्ता गराए पनि पछि उनीहरूले फिर्ता लिएका थिए। उम्मेदवारी फिर्ता लिएका पाण्डेले भने ढुंगलेलाई समर्थन गरेका छन्।
उपाध्यक्षमा ईश्वरप्रसाद पोखरेल, दावा दोर्जे लामा,नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन् । सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ ।