काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बुधबार बस्ने भएको छ ।
बुधबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको वैठकमा संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको रिपोर्टलगायतका विषयमा छलफल हुने महामन्त्री मुकुल ढकालले बताएका छन् ।
रास्वपाले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय गरेका थिए ।
यसैगरी जनताको आवाज सुन्न भन्दै १९ जिल्लामा खटिएका नेताहरुको व्रिफिङबारे पनि छलफल हुने छ । रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो ।