काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवै पार्टी र पक्षहरु मिलेर देशका समस्याहरु समाधान गर्नुपर्ने परिस्थीति आएको बताएका छन् ।
मंगलबार पार्टी कार्यालय च्यासमा आयोजित संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’ बिषयक प्रवचन कार्यक्रममा ओलीले देशप्रति जिम्मेवार भएर एकतावद्ध हुने पर्ने र समस्या समाधान गर्नुपर्ने बेला आएको र त्यसो हुन नसके धेरै प्रकारको खतराहरुबाट जेलिन सक्ने बताएका हुन ।
प्रमुख राजनीतिक दलहरुको नेतृत्वमा धेरै आन्दोलन र बलिदान भएकाले दलहरु गम्भीर भएर अहिलेका उपलव्धीहरुलाइ रक्षा गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले देशमा सुशासन ल्याउनका लागि एमाले प्रतिवद्ध रहेको र स्वार्थका लागि देशमा राष्ट्रिय एकता खलबलिन दिन नसक्ने स्पष्ट पारेका छन् ।
उनले गम्भीरता भन्दा भावना र प्रायोजित तथा आयातित कुराबाट दवाव देखिरहेका हुँदा संविधान संशोधन गन हतारो गर्न नहुने धारणा राखेका छन् । ओलीले तत्कालिन अवस्थामा संविधान जारी नगर्न नेम्वाङलाई दवाव आएको भएपनि बलियो अठोटका कारण संविधान जारी भएको स्मरण गरेका छन् ।
त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको संविधान निर्माण गर्दा भएको असाधारण सहमतिमा स्वर्गीय नेम्वाङको भूमिका सदैव स्मरणीय रहने बताउनुभयो । अहिले संविधानलाई कार्यान्वयन गर्ने प्रक्रियामा सचेत नदेखिएको र जनतालाई पनि राम्रोसंग बुझाउन नसकिएको उनले बताए । खनालले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई पुरा गर्दै अघि बढ्नुपर्ने र संविधान अनुसारको कानूनहरु निर्माण गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी हुँदा भएको दलहरुबीचको समझदारी त्यसपछि भने टुट्दै गएको बताए । उनले संविधानले स्थापीत गरेको अधिकारको कार्यान्वयनमा चुकेको धारणा राखेका छन् । सिटौलाले सत्तापक्ष र प्रतिपक्षी सत्ताको खेलमा मात्रै लागे पाँच बर्षसम्म पनि संविधानको सफल कार्यान्वयन हुन नसक्ने तर्क गरेका छन् ।
त्यस्तै पूर्वसभामुख ओनसरी घर्तिले दलहरुबीच छलफल र वार्ता बनाइ राजनीतिमा देखिएका संकटलाई समाधान गर्न नेम्वाङले खेल्नुभएको भूमिकाको स्मरण गरेकी छिन ।