काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब्बल राजनीतिज्ञ नठानेको बताएका छन् । भक्तपुरमा आयोजित बासँग विद्यार्थी कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै उनले अब्बल राजनीतिज्ञ नयाँ पिढीबाट जन्मनुपर्ने बताएका हुन् ।

ओलीले अब्बल राजनीतिज्ञ बन्न नसके पनि आफू इमानको साथ काम गर्ने र इमान्दार प्रयास गर्ने बताए । ओलीले भने राष्ट्रको सम्पत्ति आफ्नो बनाउन नहुने मान्यता राख्ने बताए । ओलीले बालबालिकाको अनुहारमा देशभरीका युवाको आत्मविश्वास देखिरहेको धारणा राखे ।




















