काठमाडौं । संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।
मंगलबार हृदयघातबाट निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गरिदैछ । दिउँसो १२ बजे हिन्दु र किराँत दुवै परम्परा अनुसार उनको अन्तिम दाह संस्कार गरिने जनाईएको छ ।
मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको थियो ।
दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।
उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।