काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ । प्रधानमन्त्री दाहाल आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री, संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्व परराष्ट्रमन्त्रीहरूसहितको सर्वदलीय बैठक बसेको हो ।
बैठकमा पूर्वप्रधानमन्त्रीहरू कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका माधव नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, रास्वपाका उपसभापति डोलप्रसाद आर्याल, पूर्वपरराष्ट्रमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी र रमेशनाथ पाण्डेलगायत सहभागी छन् ।



















