काठमडौं । प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले सरकारको प्रभावकारी काममा कर्मचारी प्रशासनको साथ र सहयोग विना असम्भव रहेको बताएका छन् । २० औँ निजामती सेवा दिवसका अवसरमा शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य प्राप्तीको अभियानमा कार्मचारीको साथ र सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले मुलुकको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र सामाजिक न्यायको पक्षमा सरकारको काम गरिहेको दावी गरेका छन् ।
प्रधानमन्त्री दाहालले संघीय निजामति सेवा विधेयक सबै दलको सहमतिमा चाँडै संसदबाट पारित हुने बताएका छन् । निजामति सेवा ऐनलाई राजनीतिक परिवर्तनअनुसार परिमार्जन गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।
उनले संसदमा पेश भएको संघीय निजामित सेवा विधेयकमा हाल कायम ट्रेड युनियन अधिकारको व्यवस्थामा कुनै पनि परिमार्जन नगरिएको बताएका छन् ।
सरकारले संविधानको मूल मर्म र भावनालाई आत्मसाथ गरेर काम गरिरहेको दाबी गर्दै प्रधानमन्त्री दाहालले सरकारको कामले जनताको निरासालाई चिर्दै गएको पनि बताएका छन् ।
कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई थप प्रभावकारी बनाउने प्रधानमन्त्री दाहालले प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।



















