काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले फेरि पीडितको जन्म मितिसम्बन्धि कागजात मगाउने आदेश दिएको छ।
न्यायाधीश शकुन्तला कार्कीको इजलासले उक्त आदेश दिएको हो । बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।
गत भदौ १० गते लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितको इजलासमा परेको भए पनि अन्तिम समयमा ‘हेर्न नभ्याइने’ भन्दै सारिएपछि आजका लागि पेसी तोकिएको थियो ।
तर, पछिल्लो पटक गत साउन ३२ गते उक्त मुद्दामा सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीआमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएर टुंगिएको थियो ।
पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइए पछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न पुनः आदेश दिएको हो । सोही आदेश अनुसार आएको प्रमाणका आधारमा आजको पेशीमा छलफल हुने जनाईएको छ ।




















