काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । भृकुटीमण्डप काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
यादवमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको बताइएको छ ।



















