काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती कर्मचारी ऐन मंगलबारको मन्त्रिपरिषद् बैठकबाट पारित हुने बताएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामती कर्मचारी ऐनलाई भोलि मन्त्रिपरिषद्बाट पारित गरेर संसदमा पठाउने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले नेपालको संविधान जारी भएपश्चात् हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको बताए ।
उनले विभिन्न मितिमा जारी भएका केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनबाट प्रचलित कानुनहरूलाई नेपालको संविधान अनुकूल बनाउने कामसमेत सम्पन्न गरिएको जिकिर गरे ।
नेपाल सरकारले संघीय संसदमा पेश गरेका विभिन्न १५ वटा विधेयक संसदीय प्रक्रियामा रहेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री दाहालले विद्यालय शिक्षासम्बन्धी विधेयकलगायतका महत्वपूर्ण विधेयकहरू छिट्टै सङ्घीय संसदमा पेश गर्ने गरी सरकारले प्रक्रिया अगाडि बढाइरहेको जानकारी गराए ।




















