काठमाडौं । सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले महरलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा महरालाई पक्राउ गरिएको सिआईबीले जानकारी दिएको छ । चिनियाँ व्यापारी दावासँग पटक-पटक सम्पर्कमा रहेका सार्वजनिक भए पनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । जसका कारण सरकारको चर्को आलोचना हुँदै आएको थियो ।




















