रुपन्देही । नेकपा महासचिव नेत्रविक्रम (विप्लव) चन्दले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अगाडि एससीसीका नाममा नेपाल लुट्न नपाइने बताए ।
बुधबारबाट सुरु हुन लागेको एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताउँदै उनले भने- नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौ, नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिदैन, समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।
उनले विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको मोर्चा बनेको बताए ।
यो कुनै व्यक्तिगत चाहनाबाट नभएर अहिलेको आवश्यकतामा आधारित भएर गठन भएको छ । राजनीतिक धेरै उपलब्धी धेरै भएका छन्, तर पूँजीवाद आयो, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा धेरै चाहेका उपलब्धी भएनन् अब एक्लै हिँडेर त्यो उपलब्धी हुनसक्दैन भनेर समाजवादी आन्दोलनका लागि यो मोर्चा बनेको हो, नेता विप्लवले भन्नुभयो, ‘विश्वबाट नै दलाल पूँजीवादी तत्वले सत्ता कब्जा गर्न खोजेको अवस्थामा समाजलाई निराशा बनाउन नदिन यो मोर्चा तयार भएको, यसले नैराश्यता हटाउन सहयोग गर्ने उनको दावी छ, धेरै उलपब्धि भएका छन् ।
उनले माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै यो मोर्चा बनाउन धेरै त्याग गरेको बताए ।




















