काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले नायक शारुक ताम्राकारको आत्महत्या प्रकरणबारेमा लामौ मौनतापछि मुख खोलेकी छिन् । सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटर्स लेख्दै नायिका श्रेष्ठले आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको गुनासो गरेकी छिन ।
शारुकको आत्महत्याअघि नम्रतासँग झगडा भएको भन्दै आत्महत्याको प्रमुख कारकतत्वका नै उनै भएको जस्ता समाचार आएका थिए । तर शारुकको सुसाइड नोटमा नम्रतालाई आरोपित गरिएको थिएन ।
शारुक एक सम्भावना बोकेको, सहयोगी र मिलनसार व्यक्तिका रुपमा चित्रण गर्दै नम्राताले शारुकको घटनाले आफू अचम्मित भएको जनाएकी छिन् ।
यो घटनालाई लिएर केही चलचित्रकर्मी र चलचित्रका पदाधिकारी नै पूर्वाग्रही किसिमले आफूविरुद्ध लागेको नम्रताको गुनासो छ ।
उनले लेखेकी छिन ‘मेरो परिवार र हाम्रो कानूनी टीमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं, एकजना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला, सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ । मेरो मौनतालाई कमजोरी नठान्न अपील गर्दछु ।’
आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित नहुने बताउँदै नम्रताले अनुसन्धानमा असर नपरोस भनेर आफू अहिलेसम्म मिडियामा नबोलेको बताएकी छिन् । उनले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको जानकारी पनि गराएकी छिन् ।
त्यस्तै नम्रताले हिजो शारुक र उनका पिता सानु ताम्रकारको तस्बिर पोष्ट गर्दै श्रद्धाञ्जली दिएकी थिइन् ।
उनले फेसवुकमा लेखेको स्टाटर्स जस्ताको तस्तै –