काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीवार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् । उनले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताए ।
उनले सरकारले सुदूरपश्चिमका जनताको भावनालाई कदर गर्ने बताए । उनले योभन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए सार्वजनिक बिदा दिने बताए ।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको बताए ।




















