काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार रोक्नु हरेक नागरिकको कर्तव्य हुने बताएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भेलालाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचार र तस्करी भयो भने विकास नहुने बताएका हुन् ।
सेना, प्रहरी भनेको सचेत समुदाय भएको र विभिन्न समुदाय र संस्कृति चिनेको हुने बताए ।
ओलीले पेन्सनले मात्र जीविका चलाउन गाह्रो हुने भएकाले सेना, प्रहरीबाट अवकाश प्राप्त भएपछि पनि अन्य काम गर्न उनीहरु सक्षम हुने बताए ।





















