काठमाडौं । नेकपा एमालेलेका सांसद सूर्यबहादुर थापाले सरकार खोजिदिन आग्रह गरेका छन् ।
प्रतिनिधिसभा आजको बैठकमा सांसद थापाले प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थित नभएपछि खोजिदिन सभामुखसँग आग्रह गरेका हुन् ।
संसदको आकस्मिक समयमा बोल्दै सांसद थापाले सरकार हराएको भन्दै खोजिदिन सभामुख देवराज घिमिरेसँग गरे ।
सदनमा प्रधानमन्त्रीसहित २५ जना मन्त्रीमध्ये कुनै पनि नदेखेपछि खोजिदिन आग्रह गरेका हुन् । उनले मन्त्रीहरुबेगर सदन अगाडि बढ्न नसक्ने बताए ।




















