काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक बुधबारदेखि नियमित बस्न थालेको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८/०७९ पेश गर्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ।
संसद रोकिँदा दर्जनौ विधेयक प्रभावित भएको सत्ता पक्षका शीर्ष नेता, मन्त्री र सांसदहरुले बताएका थिए । तर आजको वैठकमा विधेयप पेश गर्ने कुनै कार्यसुचि नरहनुले सरकारले नै विधेयकहरु रोक्न चाहेको देखिएको छ ।




















