काठमाडौँ । साउन १० गतेदेखि अवरुद्ध संसद् बुधबारबाट सहज रुपमा सञ्चालन भएको छ । संसद् बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सुन तस्करीबारे उच्चस्तरीय आयोग बनाउन सात दलहरुबीच भएको दुई वुँदे सहमतिबारे उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार खड्काले बुधबार सात दलबीच भएको २ बुँदे सहमतिको ब्रिफिङ गरेका छन् । दलीय आधारमा बोल्नका लागि सांसदहरुले बोल्न एक घण्टा ३० मिनेट समय निर्धारण गरिए अनुसार सांसदहरुले बोल्ने क्रम जारी छ ।



















