काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिशूली बस दुर्घटनाको घाइतेहरुको उद्दार र उपचार प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
बस दुर्घटना लगत्तै प्रधानमन्त्री दाहालले घाइतेको उद्दार र उपचार प्रभावकारी बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन्।
बुधबार बिहान काठमाडौंबाट पोखरा हुँदै बेनी जान लागेको बस गजुरी -२ धादिङको राजमार्गबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा १७ जना घाइते भएको धादिङ प्रहरीले जनाएको छ।
प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थलाभको कामना समेत गरेका छन् ।




















