काठमाडौँ । अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
सो सडकखण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो ।
आज पनि तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाएपछि रोकिएका सवारी साधन सञ्चालनमा आएका हुन् ।




















