काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट सय क्विन्टल सुन बाहिरिन नसक्ने बताएका छन् ।
बिहीवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतोबिना बाहिरिन नसक्ने बताए ।
उनले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सय क्विन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए । उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताए ।
नेता केसीले संसद बन्धक राख्ने कुरा प्रमुख प्रतिपक्षको स्वभावका रुपमा परिणत हुँदै गएको पनि बताए ।




















