काठमाडौं । जनमत पार्टीकी सांसद अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छिन् ।
आज बिहान शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले यसअघि आफ्नो पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई हटाएर जनमत पार्टीलाई सरकारमा समेटेका हुन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।



















