काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टी भित्रै बिद्रोह गर्ने चेतावनी दिएका छन् ।
सांसद शर्माले पार्टी संसदीय दलको बैठकमा आफूले संसदमा बोल्न नपाए बिद्रोह गर्ने धारणा राखेको जानकारी गराएका हुन् ।
आईतवार बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ उनले यसअघि पनि पार्टीका प्रमुख सचेतक रमेश लेखकले बोल्न नदिएपछि आफूले बिद्रोहीको रुपमा संसदमा बोल्नुपरेको खुलासा गरे ।
सांसद शर्माले सरकारलाई आतंककारीको संज्ञा दिँदै यसलाई छिटोभन्दा छिटो हटाउने प्रयासमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
सांसद शर्माले आफूलाई सरकारले गैरकानूनी ढंगले थुनेकाले त्यसको बिरोधमा उत्रनुपर्ने अवस्था आएको पनि बताए ।




















