काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने संसदीय दलको बैठकमा सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न हुने भएको छ ।
शनिवार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो । आइतबारको बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने बताइएको छ ।
नक्कली सर्टिफिकेट प्रकरणमा डा. शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए ।
क्विन्टल सुन तस्करी भएको बारेमा सांसद शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका थिए । उनले सुन तस्करीका मुख्य नाइके पक्राउ गर्नु पर्ने बताउँदै तस्कर पक्राउ नगरे संसदमै अनसन बस्ने चेतावनी पनि दिएका थिए । सोही कारणले पुराना विवादलाई ल्याएर शर्मालाई पक्राउ गरेको आरोप लागेको छ ।



















