काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू छलफलमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीचको छलफलमा सभामुख देवराज घिमिरे पनि सहभागि छन् ।
क्विन्टल सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने एमालेको अडानमा रहेको र सत्तारुढ दलहरु समिति गठन गर्न तयार नभएपछि हिजो भएको दुई चरणको छलफल निष्कर्षविहीन भएको थियो ।
प्रतिनिधिसभा बैठक ३ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख सचेतक र सचेतकहरू सहभागी छन् ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्वीकार गरेपछि गत १२ साउनदेखि नै संसद् अवरुद्ध हुँदै आएको छ ।
आजको बैठक उपयुक्त निर्णयमा पुर्याउन सरकार गम्भीर हुने विश्वास लिएको एमालेका सचेतक महेश बर्तौँलाले बताएका छन् ।



















