काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुईजना रिहा भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई छाडिएको हो।
पोखरेलको स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौँले हाजिर जमानीमा छाड्न आदेश दिएको सीआईबी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए ।
खेतानलाई भने ललिता निवासको आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको हो।




















