काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई कार्यवाहकको जिम्मेवारी दिएर ओली मंगलबार राति कम्बोडिया प्रस्थान गरेका हुन । पोखरेललाई अध्यक्ष र नेम्वाङलाई संसदीय दलको नेताको कार्यवाहक जिम्मेवारी दिइएको हो।
कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ गएका ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी रहेको बताइएको छ । ओली साउन ८ गते स्वदेश फर्किने बताइएको छ।


















